+
+

नयाँ अध्यादेशको ‘स्पिरिट’ मा नियमावली र कार्यविधि ल्याउन उद्योग वाणिज्य महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १७:५४

६ माघ, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले सरकारद्वारा हालै जारी नयाँ अध्यादेशको ‘स्पिरिट’ मा नियमावली र कार्यविधि ल्याउन आग्रह गरेका छन् ।

सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उनले अब अध्यादेशमा आएका विषय कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

महासंघले लामो समयदेखि नीतिगत सुधारका लागि सरकारसँग लबिङ गर्दै आएको थियो । ‘महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित छौं,’ ढकालले भने, ‘तर, यो पर्याप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ ।’

अध्यक्ष ढकालले अध्यादेशको स्पिरिट अनुसार छिटोभन्दा छिटो नियमावली वा कार्यविधि ल्याउन समेत आग्रह गरे । र, तर, वा जस्ता कारण यसको कार्यान्वयनमा जटिलता आउन नहुने उनको भनाइ छ ।

प्लास्ट नेपाल फाउन्डेसनको १०औं वार्षिक साधारणसभामा ढकालले सरकारद्वारा केही कानुनी सुधार गरिए पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राखे ।

यस्तै उनले प्लास्टिककजन्य वस्तु पुनः प्रयोगमा जोड दिए । प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री र रिसाइक्लिङ प्रक्रिया गरी हजारौंलाई रोजगारी दिएको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए ।

‘प्लास्टिकजन्य वस्तु प्रयोग कम गर्नुपर्ने कुरा छ्न् । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । तर, यसमा प्रयोग हुने कच्चापदार्थका लागि विदेशिने मुद्रा खर्चिनुपर्ने अवस्था छ । पुनः प्रयोग गर्न सके विदेशिने मुद्रा जोगाउन सकिन्छ,’ उनले भने ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि सकारात्मक रहेको बताए । साथै, सरकारले हालै जारी अध्यादेशको स्पिरिट अनुसार नै नियमावली तथा कार्यविधि छिटोभन्दा छिटो ल्याउने प्रतिबद्ध पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?