+
+

प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १४:५६

९ माघ, काठमाडौं । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् ।

भोजपुरबाट मंगलबार काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलनजिकै उनी बिहान ६ः१० बजे प्रहरीलाई छलेर भागेका थिए । लामो निगरानी र खोजीपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेले अनलाइनखबरलाई बताए ।

‘भागेर जंगलतिर लुकेर बसेका थिए, त्यसपछि सर्वसाधारणलाई समेत उनको हुलिया बताएर कतै देखिए खबर गर्न भनेका थियौं’, काफ्लेले भने, ‘त्यसक्रममा उनी मुख्य बाटोतिर निस्किएको खबर आएको थियो ।’

त्यही क्रममा गाडीमा चढेर काठमाडौं आउने क्रममा प्रहरी चौकी गढीको टोलीले ती नाइजेरियन नागरिकलाई पक्राउ गरेको उनले बताए ।

२५ वर्षीय नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई भोजपुर प्रहरीले ७ माघमा भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट पक्राउ गरेको थियो । त्यसक्रममा उनलाई नियन्त्रणमा लिएर भोजपुरका प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले उनलाई को १ झ ६१६ नम्बरको गाडमिा उनलाई काठमाडौंतर्फ ल्याइँदै थियो ।

प्रहरीका अनुसार, अध्यागमन विभागको मुद्दा शाखामा उपस्थित गराउनक ालागि उनलाई टोलीले ल्याइरहेको थियो । त्यही क्रममा शौच गर्न निस्किएका बेला उनी भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?