 
																			२० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिविना सडक खनेको भन्दै एक व्यक्तिलाई जरिबाना गरेको छ । २९ नम्बर वडाले टेकबहादुर कठायतलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।
वडा कार्यालयका अनुसार अनुमति विना सडक खनेको पाइएकोले कठायतलाई जरिबाना गरिएको हो । कठायतले ब्यारिकेट नराखी असुरक्षित ढंगले सडक खनेको महानगरले जनाएको छ ।
अनुगमनको क्रममा कठायतले अनुमति पनि नलिएको र आवश्यक मापदण्ड पनि पालना नगरी सडक खनेको पाइएको वडा कार्यालयले जनाएको छ ।
महानगरभित्रका जुनसुकै सडक खन्दा पनि सम्बन्धित वडा कार्यालयको स्वीकृति र सुरक्षित ढंगले काम गर्न अनिवार्य ब्यारिकेट लगाउनुपर्ने व्यवस्था रहेको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4