
२४ माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको सिट निर्धारण गरेको छ ।
२३ माघमा बसेको आयोगको कार्यकारी समितिले शैक्षिक सत्र २०८१/८२ का चिकित्सा शिक्षाका स्नातकोत्तर कार्यक्रमको सिट निर्धारण गरेको हो ।
सार्वजनिकतर्फ स्नातकोत्तरका विभिन्न कार्यक्रमका लागि विभिन्न शैक्षिक संस्थालाई ७ सय ९५ सिट पाएका छन् ।
यस्तै, निजी मेडिकल कलेजले भने १ हजार ४० सिटको बाँडफाँट भएको छ ।
विभिन्न विद्यामा गरी महाराजगञ्ज मेडिकल क्याम्पसले १ सय २३ सिट पाएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विधामा गरी १ सय ९० सिट पाएको छ ।
यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले १ सय २८ सिट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ३१,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ९ सिट पाएका छन् ।
त्यसैगरी नर्सिङ तर्फ महाराजगञ्ज नर्सिङ क्याम्पसले ४०, पोखरा नर्सिङ क्याम्पसले १२, ललितपुर नर्सिङ क्याम्पसले ३२ सिट पाएका छन् ।
हेर्नुहोस् सूची :
प्रतिक्रिया 4