+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बीपी राजमार्गको क्षतिग्रस्त खण्ड मर्मत सुरु

विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुर्‍याएको छ । त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १२:२१

३० माघ, काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत थालिएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो ।

विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुर्‍याएको छ । त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार हाल विभागका अनुसार उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न खण्ड मर्मत सुरु गरिएको हो ।

‘बाढीले क्षति पुर्‍याएको १३ किलोमिटरमध्ये ८.५ किलोमिटर सडक पूर्णरूपमा बनाउनुपर्ने भएको छ,’ न्यौपानेले भने, ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायत काम गर्नुपर्ने छ, त्यो अहिले सुरु भएको हो ।’

उक्त सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भइसकेको उनले जानकारी दिए । विभागकै स्रोतसाधन र जनशक्ति अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै उनले काम नभएका स्थानबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तीव्रता दिने बताए ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर उक्त सडक मर्मत थालेको हो ।

‘अहिले हामीले बीपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको स्रोतसाधन अधिकतम उपयोग गरी काम भइरहेको छ,’ उनले भने ।

वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको उनले बताए । डिभिजन प्रमुख योगेशले आवश्यक परे रातको समयमा समेत काम गरी मर्मत चुस्त र तीव्र पारिने बताए ।

गत असोजमा बाढीसँगै आएको पहिरोले बीपी राजमार्गमा क्षति पुर्‍याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्देशन दिएका थिए ।

गत शनिबार मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभाग महानिर्देशक रामहरि पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजन प्रमुख लगायत टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षण क्रममा मन्त्री दाहालले बीपी राजमार्ग मर्मत तथा पुनर्निर्माणमा स्रोत अभाव हुन नदिने भन्दै मर्मत एवं पुनर्निमाणलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?