+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

न्याय परिषद् बैठक जारी, सदस्यहरूको कार्यविभाजन मुख्य एजेन्डा

नवनियुक्त सदस्य खड्काको पहिलो बैठक

बैठकमा औपचारिक एजेन्डा नभए पनि सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुने न्याय परिषद् सदस्यहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १४:५५

३० माघ, काठमाडौं । न्याय परिषद्को बैठक बसिरहेको छ । परिषद्मा नयाँ सदस्य थपिएपछि पहिलोपटक बैठक बसेको हो ।

करिब दुई महिनाको रिक्ततापछि गत २१ माघमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सदस्यमा नियुक्त भएका थिए ।

आजको बैठकबाट नयाँ सदस्य लगायतको कार्यविभाजनको निर्णय हुने एक सदस्यले जानकारी दिए । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार रिक्त छ । न्याय परिषद् ऐनमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइसक्नुपर्ने व्यवस्था भए पनि सर्वोच्चले न्यायाधीश पाउन सकेको छैन ।

बैठकले केही न्यायाधीशको सरुवा तथा काज सम्बन्धी निर्णय लिन सक्ने पनि बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?