+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राष्ट्र बैंकले नवीकरण गरेन ‘नेपाल पे टाइम’ को अनुमतिपत्र

नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए आगामी ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १६:३८

९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी ‘नेपाल पे टाइम प्रालि’ को अनुमतिपत्र नवीकरण नगरिएको जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाल पे टाइमले प्रदान गर्दै आएको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेको, संस्थागत सुशासन अवस्था कमजोर रहेको, राष्ट्र बैंकले दिएका निर्देेशन कार्यान्वयन नगरेको लगायत कारण उसको अनुमतिपत्र नवीकरण नगरिएको हो ।

नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए आगामी ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

नेपाल पे टाइमले १९ भदौ २०७६ मा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?