+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हिमपातले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १२:४८
रुकुमपूर्वको  मध्यपहाडी लोकमार्गमा लुकुम–पातीहाल्ना सडकखण्डमा परेको भारी हिमपात । तस्वीर सौजन्य : बालाराम शेर्पाली ।

१५ फागुन, रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख राम औंतार चौधरीको अनुसार सडकमा हिउँ परेसँगै सवारी साधनहरूको आवागमनमा समस्या भएको छ ।

विहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएको चौधरीले जानकारी दिए । बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?