+
+
Shares

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा सवारी अलपत्र

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ वैशाख १३ गते ११:२२

१३ वैशाख, रुकुमपूर्व । हावाहुरीसँगै परेको असिनापानीले मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वर्षा हुँदा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका १० वटा रात्रिकालीन बस रोकिएका छन् । त्यस्तै ६ वटा मालवाहक ट्रक पनि सोही स्थानमा रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन भूमे गाउँपालिकाले जेसीबी परिचालन गरेको छ । तर, निरन्तर ढुंगा र लेदो खसेका कारण सडक खुलाउन समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ ।

हावाहुरी र वर्षाले केही घरमा र गहु बालीमा पनि क्षति पुर्‍याएको छ। क्षतिको विवरण संकलन भइरहेको छ ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?