+
+
Shares

सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीका पीएसओको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १६:३८
फाइल तस्वीर

१९ फागुन, काठमाडौं। सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए । उनका अनुसार सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै थिए ।

सोही क्रममा उनले चलाएको सु. प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेका उनको सेती प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?