
२९ चैत, काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज शुक्रबार सुन तोलामा ३ हजार ९ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो भाउ वृद्धिसँगै छापावाल सुन तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ८१ हजार १ सयमा किनबेच भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर १ हजार ९ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4