+
+
Shares

सेयर बजार घट्दा पनि बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १५:२७

१७ वैशाख, काठमाडौं । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो ।

बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रह्यो ।

अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटे । हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, व्यापार ०.४० प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.७७, सिनर्जी पावरको ८.३६, मातृभूमि लघुवित्तको ७.३१, रिडी पावरको ७.२४ तथा हिमालयन पावर पार्टनरको ७ प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ५.७६, तारागाउँ रिजेन्सीको ३.७७ प्रतिशत घट्यो । धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर रहे ।

भोलि श्रमिक दिवसका कारण सार्वजनिक विदा परेकाले अब सेयर बजार आइतबार मात्रै खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?