+
+
Shares

रेशम रिहा भएपछि सीके राउतले भने- यो सामान्य त्रुटि मात्रै होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १७:४२

१७ वैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकता हुने बेलामा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु षड्यन्त्र भएको बताएका छन् ।

डिल्लीबजार कारागारबाट रेशम चौधरी छुटेपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो एकतालाई भाँड्ने षडयन्त्रको रुपमा हेरेको छौं । दुईवटा पार्टी मिलेर नयाँ हुन लाग्दा त्यसलाई भाँड्नका लागि यो गरिएको हेरेका छौं,’ राउतले भने ।

उनले यसलाई एउटा कर्मचारीको सामान्य त्रुटिको रुपमा मात्रै हेर्न नहुने पनि बताए ।

‘यो सामान्य त्रुटि मात्रै होइन । कर्मचारीलाई मोहरा मात्रै बनाइएको हो । यो धेरै माथिबाट भएको हो,’ राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?