
२२ वैशाख, काठमाडौं । बागमती प्रदेश सरकारले २४ वैशाख (बुधबार)को दिन सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले सोमबार सूचना प्रकाशित गरी आगामी बुधबार सार्वजनिक बिदा दिइएको जनाएकी छन् ।
सूचनामा प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा २०८२ वैशाख २४ गते बुधबार बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4