+
+
Shares

आफ्ना नागरिकलाई नेपाल-भारत सीमाक्षेत्र नजान चिनियाँ दूतावासको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १४:१६

२६ वैशाख, काठमाडौं । नेपालस्थित चीनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ ।

दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’

उक्त सन्देशमा भनिएको छ, ‘नेपाल-भारतको सीमा खुला छ, त्यसैले व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले नछिर्नुहोस् ।’

भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण भारत र नेपाल दुवैले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?