+
+
Shares

महिनामै औसत १ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रिँदै

चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:५२

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • नेपालमा पछिल्लो ९ महिनामा रेमिट्यान्स ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
  • अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको छ।
  • वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ पुगेको छ।

२८ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो ९ महिना (साउनदेखि चैतसम्म) मा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको हो ।

बैंकका अनुसार रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधीमा १७.२ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ८ अर्ब ७४ करोड भित्रिएको हो । जुन ७.३ प्रतिशतले वृद्धि भएको हो ।

चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?