+
+
Shares

११ वर्षपछि आमिर खान र राजकुमार हिरानी सँगै, ‘दादासाहेब फाल्के’को बायोपिकमा जुटे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आमिर खान र राजकुमार हिरानीले ११ वर्षपछि दादासाहेब फाल्केको जीवनमा आधारित बायोपिक फिल्ममा पुनः सहकार्य गर्ने तयारी गरेका छन्।
  • फिल्म भारतको स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा आधारित हुनेछ र यसले एक कलाकारको असाधारण यात्रालाई चित्रण गर्नेछ।
  • हिरानीले यस परियोजनाको स्क्रिप्टमा विगत चार वर्षदेखि काम गरिरहेका छन् र यसमा अभिजात जोशी, हिन्दुकुश भारद्वाज र अविष्कर भारद्वाजको समेत सहयोग रहेको छ।

काठमाडौं । आमिर खान र राजकुमार हिरानी एकसाथ आउँदा दर्शकले ‘पिके’ र ‘थ्री इडियट्स’जस्ता ब्लकबस्टर फिल्म पाए । उत्कृष्ट प्लट र अभिनयको लागि यी दुई फिल्म अहिले पनि स्मरण गरिन्छन् ।

११ वर्षपछि एक महत्वाकाङ्क्षी बायोपिक फिल्मको लागि यी दुईबीच पुनः सहकार्य हुने भएको छ । ‘भारतीय सिनेमाका पिता’ मानिने दादासाहेब फाल्केमाथि बन्ने फिल्ममा यी दुईजनाको सहकार्य हुन लागेको हो ।

पिंकभिल्लाका अनुसार निर्देशक हिरानी दुई स्क्रिप्टमाथि फिल्म बनाउने बारे विचार गरिरहेका थिए । अन्ततः उनले दादासाहेब फाल्केमाथि फिल्म बनाउने निधो गरेका हुन् ।

यो फिल्मको लागि हिरानीले आमिरसँग छलफल गरिरहेका छन् । अभिनेताले हिरानीले विकास गरिरहेको युनिभर्सलाई पनि मन पराएका छन् । सन् २०२६ मा छायांकनमा लैजाने उद्देश्यले दुवै जना फिल्ममा मुख्यतया सहमत भएका छन् । अझै शीर्षक नतोकिएको यो फिल्म ‘डंकी’पछि हिरानीको अर्को निर्देशन हुनेछ ।

आमिरको टोलीले जारी गरेको विज्ञप्तिअनुसार, अभिनेताले आफ्नो आगामी फिल्म ‘सितारे जमीन पर’ जुन २० मा रिलिज भएपछि तयारी सुरु गर्नेछन् ।

उनीहरूले भने, ‘सितारे जमीन परको रिलिजपछि उनी आफ्नो भूमिकाको लागि तयारी सुरु गर्नेछन् । लस एन्जलसको भीएफएक्स स्टुडियोले पहिले नै फिल्मको युग र अवधिको लागि एआई डिजाइनहरू सिर्जना गरिसकेको छ ।’

यो बायोपिक भारतको स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा आधारित हुनेछ । यो कथा एक कलाकारको असाधारण यात्रामा आधारित छ, जसले सबै बाधाहरू पार गर्दै, विश्वको सबैभन्दा ठूलो आदिवासी फिल्म उद्योगलाई जन्म दिन्छ ।

हिरानीले अभिजात जोशी र अन्य दुई लेखक हिन्दुकुश भारद्वाज र अविष्कर भारद्वाजसँग मिलेर विगत चार वर्षदेखि स्क्रिप्टमा काम गरिरहेको स्रोतको भनाइ छ । दादासाहेब फाल्केका नाति चन्द्रशेखर श्रीकृष्ण पुसालकरले यस फिल्मलाई फाल्केको जीवनका प्रमुख क्षणका सामग्री प्रदान गर्दै सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?