+
+
Shares

नेपाली सडकमा ५ सयभन्दा बढी ‘सेरेस ईभी’, २०२६ मा ३ नयाँ ल्याइने

यस सफलताका अवसरमा आज सेरेसले एक विशेष केक काट्ने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिको उपस्थिति थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेरेसले नेपालका सडकमा ५०० भन्दा बढी आफ्नो इलेक्ट्रिक सवारी (ईभी) उपलब्ध गराएको छ, जसले नेपालको दिगो यातायातप्रति यसको प्रतिबद्धता देखाउँछ।
  • सेरेसले विश्वव्यापी रूपमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ मोडेलहरू र नयाँ बजारहरूमा प्रवेश गरिरहेको छ, र यसले अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेको छ।
  • नेपालमा सेरेसले कठिन भौगोलिक परिस्थितिहरूमा आफ्नो शक्ति प्रमाणित गरेको छ र दिगो र वातावरणमैत्री यातायातको लागि प्रतिबद्ध रहेको छ।

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड सेरेसले नेपालका सडकमा आफ्ना ५ सयभन्दा बढी ईभी पुगेको घोषणा गरेको छ । यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गरेकाे कम्पनीले जनाएकाे छ ।

यस सफलताका अवसरमा शुक्रबार सेरेसले एक विशेष केक काट्ने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिको उपस्थिति थियो ।

‘नेपालका सडकमा सेरेस गाडीको संख्या ५ सयभन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नवीनतम ईभी सोलुसन्सको प्रमाण हो,’ सिकरियाले भने, ‘नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौं । सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिस डिजाइन नेपाली प्रयोगकर्ताको रोजाइसँग मेल खान्छ । यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ।’

सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशमा आफ्नो उपस्थिति कायम गरिसकेको छ र युरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ । यस ब्रान्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ ।

सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीमध्ये एक हो । सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १० करोड डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ ।

अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र ‘एम७’, ‘एम८’ र ‘एम८’ गरी तीन नयाँ ईभी मोडेल सार्वजनिक गर्ने छ जसले यसको इनोभेटिभ लाइनअपलाई थप विस्तार गर्ने छ ।

सेरेसको गुणस्तर र नवप्रवर्तनले अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता पाइरहेको छ । इन्डोनेसियामा सेरेसले ‘फेभरेट कार लन्च’, ‘मोस्ट अफोर्डेबल कार’ र ‘फेभरेट कमर्सियल भेहिकल’ जस्ता ३ प्रमुख ईभी अवार्ड जितेको छ । यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको छ ।

हालै ‘सेरेस ३’ लाई इन्डोनेसिया, हङकङ, रुस र नर्वेजस्ता देशमा सार्वजनिक गरिएको छ, जसले सेरेसको विश्वव्यापी प्रभाव अझ फराकिलो बनाएको छ ।

नेपालमा सेरेसले कठिन भौगोलिक चुनौतीमा आफ्नो शक्ति प्रमाणित गरिसकेको छ । ४ हजार ६ सय ६० मिटर उचाइमा रहेको कोरला पास पार गर्ने पहिलो ईभी बनेर सेरेसले चरम परिस्थितिमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ ।

नेपाल दिगो एवं वातावरणमैत्री भविष्यतर्फ अग्रसर भइरहँदा सेरेसले स्थानीय आवश्यकता सम्बोधन गर्दै विश्वस्तरीय मापदण्ड पनि पूरा गर्ने स्मार्ट, सुरक्षित र स्टाइलिस ईभी नेपाली प्रयोगकर्ता समक्ष ल्याइरहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?