+
+
Shares

हाम्रो पार्टी फैलावट भइसकेको छैन : राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एकीकृत समाजवादी) पार्टी अझै पूर्ण रूपमा फैलिन बाँकी रहेको बताएका छन्।
  • पाण्डेले नेतृत्व निर्माणको क्रममा विवाद र असमझदारीबाट बच्न आवश्यक रहेको बताए।
  • उनले महिलाहरूको भूमिका देश निर्माणमा महत्वपूर्ण रहेको उल्लेख गरे।

३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले नेकपा (एकीकृत समाजवादी) देशभर विस्तार गर्ने चरणमा रहेको बताए ।

उनले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट नभइसकेको बताए ।

‘हामीले भर्खरै पार्टी निर्माण गरेका छौँ । हाम्रो पार्टी देशभर ७५३ वटा पालिका, सातै वटा प्रदेश, सबै ठाउँमा जुन तहको फैलावट हुनुपर्ने हो त्यो भइसकेको छैन,’ पाण्डेले भने ।

नेतृत्व निर्माण गर्ने बेलामा विवाद गरेर बस्न नहुने भन्दै उहाँले संगठनलाई सफल बनाउन लाग्नुपर्ने बताए ।

‘यतिबेला नेतृत्व निर्माण गर्ने बेलामा हामी विवाद गरेर, एक अर्कासँग झगडा गरेर, एक अर्काबीच असमझदारी सिर्जना गरेर गयौँ भने हामी यो संगठनलाई पनि सफल बनाउन सक्दैनौँ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले देश निर्माण महिलाहरूको भूमिका अविष्मरणीय रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?