७ पुस, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्कै सदस्यहरूको अभिव्यक्तिका कारण निर्वाचनको वातावरण नबनिरहेको टिप्पणी गरेका छन् ।
सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय छलफलमा बोल्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन् ।
‘यो निर्वाचन, निष्पक्ष, भयरहीत, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकारको हो । तपाईंहरूका बोलीले निर्वाचन भाँडिदै छ । किन बोल्नुपर्छ र ? मैले मन्त्रीहरूलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरू भनेको बलेँनी जस्तै हो । बलेनीको ढुंगा जस्तो हो मन्त्री भनेको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ,’ उनले भने, ‘ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । तपाईंहरूलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । निर्वाचन गराउने । स्वच्छ, निष्पक्ष निर्वाचन गराउने दायित्व तपाईंहरूको हो । नत्र भने मन्त्री भएर नबस्नुस् ।’
प्रतिक्रिया 4