+
+
Shares

भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले लिपुलेकबारे कुरा राख्नुपर्‍यो : राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १३:३१
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भारत भ्रमणमा जाँदा लिपुलेकबारे कुरा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

समाजवादीका सांसद पाण्डेले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले चीन भ्रमणमा यो विषय उठाएको भनेर धन्यवाद दिए ।

उनले अगाडि थपे, ‘भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यसैगरी (लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत र चीनको सहमति) बारे आपत्ति जनाउन अनुरोध गर्न चाहन्छु ।’

चीन लिपुलेकबारे भारत र नेपालको विषय भनेर पन्छिन लागेको भनेर उनले आशंका गरे । यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?