+
+
Shares

जिल्ला कमिटीहरूमा बहुमत रहेको भूसालको दाबी, मंसिरमा राष्ट्रिय भेला गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:१३
फाइल तस्वीर

१९ कात्तिक, काठमाडौ । एकता प्रक्रियामा सामेल नभएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जिल्ला कमिटीहरूमा आफ्नो पक्ष बहुमत रहेको दाबी गरेका छन् ।

नयाँ राजनीतिक अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भूसालले तल्लो कमिटीहरूमा आफ्नो बहुमत रहेको बताएका हुन् ।

‘पदाधिकारीमा कम होला, स्ट्यान्डिङ कमिटीमा अलिकति बढी छ । पोलिटब्यूरोमा अलिक बढी साथी छन्,’ उनले भने, ‘सेन्ट्रल कमिटीमा त्यो संख्या बढ्छ । जिल्लामा कुरा गर्ने हो भने हामी बहुमतमा छौं ।’

अहिलेको एकता प्रक्रिया त्रुटिपूर्ण रहेकाले त्यसमा सामेल नहुने पनि भूसालले आग्रह गरेका छन् । मातहतका नेताहरूलाई आफू रहेकै कमिटी र हैसियतमा एकीकृत समाजवादीकै नाममा सक्रिय हुन पनि आग्रह गरेका छन् ।

‘कानुनी रूपमा के हुन्छ त्यो अर्कै कुरा हो, राजनीतिक रूपमा आफ्नै ठाउँमा रहनु  होला,’ भूसालको आग्रह छ, ‘आफ्नै ठाउँमा एकीकृत समाजवादीकै रूपमा क्रियाशील रहनुहोला । हामी आउने मंसिर पहिलो हप्तासम्म राष्टिय भेला गर्छौं । राष्ट्रिय भेलामा क्रान्तिकारीहरू जम्मा हुनेछन् र अनि कसरी जाने भन्ने कुरा त्यहीँबाट लोकतान्त्रिक हिसाबले छलफल गरेर हाम्रो बाटो तय गर्नैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?