+
+
Shares

भावुक बन्यो कांग्रेस बैठक, १८ दिने हिरासत सम्झँदै रोइन् माया राई

आफू १७ दिन प्रहरी हिरासतमा रहँदा पार्टीबाट कुनै पनि सहयोग नपाएको, ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको लगायतका कुरा राख्दै उनी रोएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद माया राईले १७ दिन प्रहरी हिरासतमा रहँदा पनि पार्टीबाट कुनै सहयोग नपाएको बताइन्।
  • बैठकमा अन्य सांसदहरूले पनि आफ्नो असन्तुष्टि व्यक्त गर्दै एमालेसँगको सहकार्यप्रति चिन्ता व्यक्त गरे।
  • बैठकमा सांसदहरूले आफ्ना विचारहरू खुल्लमखुल्ला व्यक्त गरेका थिए।

३ जेठ, काठमाडौं । सहकारी प्रकरणमा धरौटीमा रिहा भएकी सत्तारुढ दल नेपाली कांग्रेस सांसद माया राई पार्टी बैठकमै रोएकी छिन् ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसद राईले आफूमाथि सहकारी प्रकरणमा पार्टीले साथ नदिएको भन्दै रोएकी हुन् ।

बैठकमा सहभागी एक सांसदले अनलाइनखबरलाई बताए अनुसार, आफ्ना कुरा राख्ने क्रममा सांसद राई केहीबेर रोएकी थिइन् ।

आफू १७ दिन प्रहरी हिरासतमा रहँदा पार्टीबाट कुनै पनि सहयोग नपाएको, ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको लगायतका कुरा राख्दै उनी रोएकी थिइन् ।

‘बैठकमा राईमात्रै होइनन्, अन्य सांसदहरू पनि निकै भावुक हुनुभयो,’ एक सांसदले नाम नबताउने शर्तमा भने, ‘बैठक हल केहीबेर भावुक बन्यो, माया दिदी त केहीबेर रुनुभयो ।’

बैठकमा अन्य सांसदहरू मञ्जु खाँण, कान्छाराम तामाङ, शंकर भण्डारी लगायतले पनि भावुक सम्बोधन गरेका थिए ।

उनीहरूले विशेषगरी एमालेसँग भएको सहकार्यलाई लिएर आफ्नो पार्टीलाई समान हैसियतमा नराखिएकोप्रति चासो राखेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबाट बर्खास्तीमा परेका सांसद तामाङले यसअघिकै प्रश्न फेरि बैठकमा दोहोर्‍याएका थिए । ‘मलाई हटाउने केपी ओलीले हो कि, तपाईंले ?’, सभापति देउवालाई प्रश्न गर्दै उनले बैठकमा भनेका थिए ।

पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले भने आजको बैठकमा सांसदहरूले खुलेर आफ्ना कुरा राखेको बैठकपछि जानकारी गराए ।

‘आजको मुख्य रुपमा चाहिँ बजेट लगायतका विविध विषमा छलफल भएको थियो । सांसदहरूले बजेट लगायतका विषयमा खुलेर छलफल गर्नुभयो,’ उनले सञ्चारकर्मीसँग भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?