
News Summary
Generated by OK AI. Editorially reviewed.- बारामा आयोजना भएको जितपुर-सिमरा व्यापार र सांस्कृतिक महोत्सवलाई राति सञ्चालन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको थियो।
- प्रशासनले दिइएको अनुमति भन्दा धेरै समयसम्म टिकट बिक्री र कार्यक्रम सञ्चालन हुँदा सुरक्षा चुनौती बढेको भन्दै महोत्सव रोकिएको थियो।
- डीएसपी शुभद्रा वाइबाले कार्यक्रम रोक्दै टिकट बिक्री र सांस्कृतिक कार्यक्रमलाई नियन्त्रणमा लिइन्, जसले भिडभाड र झगडाको सम्भावित झगडा टरेको छ ।
४ जेठ, काठमाडौं । बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए ।
आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेजमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिइन् ।
भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।
अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् ।
आयोजकले भने एक घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् । तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भिडभाड र झगडाको सम्भावना बढेपछि रोकिएको डीएसपी वाइबाको भनाइ छ ।
प्रतिक्रिया 4