+
+
Shares

चेक अनादर मुद्दामा खुश्बु ओलीले पाइन् सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले राप्रपा नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा उच्च अदालत पाटनको फैसला खारेज गर्यो।
  • उनीलाई दोषी ठहर गर्नेलाई रकम प्राप्ति स्वीकार गरेपछि फैसला खारेज गरिएको हो।
  • ओलीलाई चेक अनादरको आरोपमा ३ महिना कैद र ३ हजार जरिवाना तोकिएको थियो।

५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ ।

यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन् ।

न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो ।

राप्रपा नेता ओली चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो भने उनी विरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो ।

मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाएको भनी स्वीकार गरेपछि ओलीलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?