News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।
- पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले खुश्बु ओलीलाई प्रमुख सचेतक नियुक्त गरेको छ।
- शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् र उनी जुम्लाबाट निर्वाचित भएका हुन्।
५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको हो ।
बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको हो । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।
दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4