
News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ६ जेठमा गभर्नर सिफारिस समितिको बैठक सुरु भयो।
- बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि प्रा.डा. विश्वनाथ पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ।
- सत्तारुढ दलले प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउनेमा सहमति जुटाएको जानकारी दिइएको छ।
६ जेठ, काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।
समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4