
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र पुरस्कार दिए।
- उहाँले सडकमा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन मद्दत गर्नुभएको थियो।
- एसपी बाल नरसिंह राणाले उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाही गरिने बताए।
७ जेठ, धनगढी। कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जानेगरी पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् ।
राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।
देउवाले मंगलबार गोदावरी नगरपालिका-१ को वसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन्। देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिइन् ।
देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।
प्रतिक्रिया 4