+
+
Shares

गृहमन्त्रीको राजीनामा माग्नु उचित होइन : सांसद खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रामहरी खतिवडाले गृहमन्त्रीको राजीनामा माग्न पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरे।
  • उहाँले भिजिट भिसा प्रकरणमा अनुसन्धान निष्पक्ष रुपमा हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए।
  • प्रतिनिधिसभाले विपक्षी दलहरूको माग अनुसार उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने प्रस्ताव राखेको छ।

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले प्रश्न गरे, ‘ज-जसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने ? ‘

सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्दछ । गल्ति भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्दछ । तर कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ,’ उनले भने ।

गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने खतिवडाले तर्क गरे ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका उनले भने, ‘अहिले अख्तियारमा प्रत्येक परेका निवेदनमा उजुरी लेख्नका लागि प्रत्येक कार्यालयमा एउटा कर्मचारी लेख्ने व्यवस्थाको सुरुवात भएको छ । एउटा कर्मचारी त उजुरीको जवाफ दिनका लागि मात्र राखिएको छ ।’

छानबिन गर्न पाइने भए पनि उजुरी परेकै आधारमा राजीनामा माग्न नहुने तर्क उनको छ । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?