+
+
Shares

शेखर कोइरालाले भने- प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नबोलेकोमा छक्क छु

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफू छक्क परेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रस नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको बैठक आफ्नोबारेमा मात्रै केन्द्रित भएकोमा आफूलाई अचम्म लागेको बताए ।
  • प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको विषयमा कांग्रेसले आधिकारिक रूपमा कहीँकते नबोलको प्रति असन्तुष्टि पोखे ।

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नोबारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् ।

‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला, तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने ।

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफू छक्क परेको बताए ।

कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।

बिराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन गर्दै कोइरालाले भने, ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?’ कोइरालाले प्रश्न गरे ।

पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?