
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी दूतावासले ‘समर अमेरिकन फिल्म सिरिज २०२५’को घोषणा गरी ४ फिल्मको प्रदर्शन तालिका सार्वजनिक गर्यो।
- फिल्महरूमा ‘पर्सुट अफ ह्याप्पीनेस’, ‘द मार्सियन’, ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ र ‘ट्याङ्गल्ड’ समावेश छन्, जुन निःशुल्क देखाइनेछ।
- सिरिजले अमेरिकी चलचित्रहरूको रचनात्मकता र प्रविधि प्रदर्शन गर्दै विश्वव्यापी प्रगति प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
काठमाडौं । अमेरिकी दूतावासले ‘समर अमेरिकन फिल्म सिरिज २०२५’को घोषणा गरेको छ । जसअनुसार, मेदेखि अगस्ट महिनासम्म प्रदर्शन हुने ४ फिल्मको सूची पनि सार्वजनिक गरेको छ ।
जसअनुसार, २९ मे विहीबार विल स्मिथ स्टारर फिल्म ‘पर्सुट अफ ह्याप्पीनेस’ प्रदर्शन हुनेछ । सन् २००६ मा रिलिज भैसकेको यो यो बायोग्राफिकल ड्रामा फिल्ममा स्मिथले आफ्नो सबैभन्दा प्रशंसित भूमिकाहरू मध्ये एकमा अभिनय गरेका छन् ।
यो फिल्म गेब्रिएल मुचिनोद्वारा निर्देशित थियो र क्रिस गार्डनरको सत्य कथामा आधारित छ, जो घरबारविहीनताबाट उठेर सफल स्टक ब्रोकर बनेका थिए ।
जुन २६ मा राइड्ली स्कट निर्देशित साइन्स फिक्सन फिल्म ‘द मार्सियन’ प्रदर्शन हुनेछ । यस फिल्ममा म्याट डेमनले अन्तरिक्ष यात्री मार्क वाट्नीको भूमिका निर्वाह गरेका छन्, र यो विज्ञान, अस्तित्व र हास्यजस्ता तत्व मिश्रणको लागि परिचित छ ।
जुलाई ३१ मा अस्कर विजेता फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ प्रदर्शन हुनेछ । अगस्ट २८ मा ‘ट्यांगल्ड’ देखाइनेछ । सबै फिल्म क्यूएफएक्सको ठमेलस्थित छाया हलमा निःशुल्क देखाइने दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासले वर्षेनी गर्मीयाममा फिल्म सिरिज आयोजना गर्दै आएको छ । कोरोना महामारीअघि तत्कालिन कुमारी हलमा प्रत्येक महिनाको अन्त्यतिर फिल्म स्क्रिनिङ हुन्थ्यो ।
यसबारे जानकारी दिँदै दूतावासले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले नवप्रवर्तन, वाणिज्य र रचनात्मकतामार्फत विश्वव्यापी प्रगतिलाई अगाडि बढाउँछ र अमेरिकी चलचित्रहरू त्यो प्रभावको शक्तिशाली प्रतिबिम्ब हुन्, जसले कथावाचनलाई अत्याधुनिक प्रविधिसँग जोड्छन् ।’
समर अमेरिकन फिल्म सिरिज २०२५ को लागि दूतावासले क्यूएफएक्स र डीसीएनसँग सहकार्य गरेको छ ।
प्रतिक्रिया 4