
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दीपकराज गिरीले गणतन्त्रलाई ‘बागमती नदी’को संज्ञा दिएर भ्रष्टाचारबाट जोगाउनुपर्ने बताए।
- उनले भने, ‘गणतन्त्र बागमतीजस्तै हो । आस्था र विश्वास सबैलाई छ । भ्रष्टाचारको ढल धेरै मिसिएकाले मात्रै नाक खुम्च्याउनु पर्या हो ।’
- गिरीले आफ्नो राजनीतिक अभिव्यक्तिलाई सुधारको आवश्यकता रहेको भन्दै यसअघि पनि टिप्पणी गरेका थिए।
काठमाडौं । विहिबार देशभर गणतन्त्र दिवस मनाइँदैछ । यो अवसरमा नेता, सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले राजनीतिक व्यवस्थाबारे विचार राखिरहेका छन् ।
यस्तोमा, अभिनेता तथा निर्माता दीपकराज गिरीले गणतन्त्रको पक्षमा आफ्नो धारणा राख्दै यसलाई भ्रष्टाचारबाट जोगाउनुपर्ने आशय व्यक्त गरेका छन् ।
उनले गणतन्त्रलाई ‘बागमती नदीको संज्ञा दिएका छन् । गणतन्त्रप्रति आस्था र विश्वास सबैलाई भएपनि भ्रष्टाचारको कारण यसप्रति नागरिक असन्तुष्टि देखिएको उनको भनाइ छ ।
गिरी लेख्छन्, ‘गणतन्त्र बागमतीजस्तै हो । आस्था र विश्वास सबैलाई छ । भ्रष्टाचारको ढल धेरै मिसिएकाले मात्रै नाक खुम्च्याउनु पर्या हो । शुभकामना ।’
यो ‘राजनीतिक अभिव्यक्ति’बारे अनलाइनखबरले गिरीलाई जिज्ञासा राखेको थियो । जवाफमा उनले अहिलेको व्यवस्था छ खराब छ भन्ने भाष्यलाई आफूले चिर्न खोजेको बताए । ‘जुन व्यवस्था र परिवर्तन ल्यायौं, त्यसलाई यथास्थितीमा छाडेका छौं । अब यसलाई सुधार्नेतिर जानुपर्छ’ उनले भने ।
दीपकले यसअघि पनि राजनीतिक टिप्पणी गर्दै आएपनि गणतन्त्रको पक्षमा खुलेर लेखेको यो पहिलो सोसल मिडिया पोस्ट हो । दीपकले अभिनय गरेको ‘छक्कापञ्जा’को चौंथो र पाँचौं श्रृंखलामा भ्रष्टाचार र राजनीतिक विषयवस्तु समावेश गरिएको छ ।
कामको कुरा गर्दा, दीपकले सरोज न्यौपानेको एक अनटाइटल प्रोजेक्टमा काम गर्दैछन् । उनले वसन्त निरौलाको फिल्म ‘पाँच पाण्डव’ खेल्ने चर्चा पनि छ ।
प्रतिक्रिया 4