+
+
Shares

सरकारलाई लाभांश दिएका यी हुन् ७ संस्थान, टेलिकम अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २०८०/८१ मा ८ अर्ब ८३ करोड रुपैयाँ लाभांश प्राप्त गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले घट्यो।
  • सामान्यत: ४५ संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा छन्।
  • नेपाल टेलिकमले सबैभन्दा बढी ६ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ लाभांश दिएर कुल लाभांशको ७४.५ प्रतिशत हिस्सा लिएको छ।

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सरकारले सार्वजनिक संस्थानहरुबाट कुल ८ अर्ब ८३ करोड रुपैयाँ लाभांश पाएको छ ।

यो लाभांश अघिल्लो वर्ष २०७९/८० को तुलनामा ३५ प्रतिशत घटेको हो । नाफामा गएका संस्थानको पनि नाफा घट्नुले लाभांश प्रभावित भएको हो ।

४५ संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा चलिरहेका छन् भने २ वटा बन्द अवस्थामा छन् ।

सरकारलाई वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थानले राम्रो लाभांश दिएको पाइन्छ । २०८०/८१ मा सरकारले जम्मा ७ संस्थानबाट मात्रै लाभांश पाएको छ ।

यीमध्ये नेपाल टेलिकमबाट सरकारले सो आर्थिक वर्ष सबैभन्दा धेरै ६ अर्ब ५८ करोड रुपैयाँ लाभांश पाएको छ । सरकारले पाएको कुल लाभांशमा टेलिकमको हिस्सा मात्रै ७४‍.५ प्रतिशत हो ।

कम्पनी आव २०८०/८१ मा सरकारले पाएको लाभांश
नेपाल टेलिकम ६ अर्ब ५८ करोड ७७ लाख
निक्षेप तथा कर्जा सुरक्षण कोष ८५ करोड ९८ लाख
एचआईडीसीएल ६५ करोड ६५ लाख
नेपाल स्टक एक्स्चेन्ज ३७ करोड ५४ लाख
नेपाल नागरिक उड्ययन प्राधिकरण २९ करोड ९२ लाख
औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी ४ करोड ३१ लाख
नागरिक लगानी कोष १ करोड ३९ लाख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?