+
+
Shares

नेपाल भित्रियो १ अर्ब बढीको २४ लाख लिटर स्याम्पु

यति परिमाणको स्याम्पु आयात हुँदा सरकारले ६१ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १५:१६

१६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सम्ममा १ अर्ब रुपैयाँ बढीको स्याम्पु नेपालमा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा १ अर्ब ६ करोड ७९ लाख ११ हजार रुपैयाँको २४ लाख १४ हजार ९९ लिटर स्याम्पु आयात भएको हो ।

उक्त परिमाणको स्याम्पु आयात हुँदा सरकारले ६१ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

यस्तै गत आव २०८०/८१ को १० महिनामा भने ७८ करोड ५६ लाख ३८ हजार रुपैयाँको १६ लाख ५६ हजार ५ सय ४५ लिटर स्याम्पु आयात भएको थियो ।

उक्त परिमाणको स्याम्पु आयात हुँदा सरकारले ४४ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो ।

तथ्यांक अनुसार सबैभन्दा धेरै स्याम्पु भारत र चीनबाट आयात भएको छ । भारतबाट ६९ करोड ८६ लाख १८ हजार रुपैयाँको १५ लाख २६ हजार ९ सय १४ लिटर स्याम्पु आयात भएको तथ्यांकले देखाउँछ । उक्त परिमाणको स्याम्पु आयात हुँदा ३९ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

यस्तै चीनबाट २५ करोड ५२ लाख १० हजार रुपैयाँको ६ लाख ८५ हजार ३ लिटर स्याम्पु आयात भएको छ । उक्त परिमाणको स्याम्पु आयात हुँदा सरकारले १५ करोड ७० लाख ९८ हजार राजस्व संकलन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?