+
+
Shares

विकासका लागि अहिलेकै व्यवस्था उत्तम : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान राजनीतिक व्यवस्था विकासका लागि उत्तम भएको बताए।
  • उनले ०४६ पछि विकासमा भएको परिवर्तन र संविधानअनुसारको व्यवस्था समर्थन गरे।
  • कांग्रेसले मलको समस्या औंल्याएपछि सिंहले कृषिमन्त्रीसँग कुरा गरी समाधानको प्रतिबद्धता जनाए।

१७ जेठ, काभ्रे । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि अहिलेका राजनीतिक व्यवस्था नै उत्तम व्यवस्था भएको बताएका छन् ।

नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिको कार्यालयमा शनिवार आयोजित संक्षिप्त कार्यक्रममा उनले विगतमा र अहिले विकासमा धरै परिवर्तन आएको बताए ।

‘विगतमा कस्तो थियो र अहिले विकासको क्षेत्रमा के के परिवर्तन आएको छ आफैले मनन् गर्ने र नयाँ पुस्तालाई पनि बुझाउन जरूरी छ । ०४६ पछि विकासका धेरै काम भएका छन्,’ उपप्रधानमन्त्री सिंहले भने ।

विकासका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानअनुसारको व्यवस्था नै उत्तम व्यवस्था भएको उनको भनाई थियो । ०४६ सालपछि लोकतन्त्र पुनः स्थापनासँगै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतमा क्रमिक विकास भएको बताए ।

नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिले काभ्रेमा किसानहरूले मलको समस्या बेहोर्नुपरेको भन्दै उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा उपप्रधानमन्त्री सिंहले कृषिमन्त्रीसँग कुरा गरेर मलको समस्या हुन नदिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?