+
+
Shares

१९ वर्षपछि फर्कियो जानकीको ज्योति

लव अधिकारी लव अधिकारी
२०८२ जेठ १८ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ वर्षीया जानकीको आँखाको ज्योती १९ वर्षपछि फर्किएको छ।
  • उपचारका लागि धेरै ठाउँमा गइन, तर सामान्य देख्न सकिनन्।
  • शिविरमा ५० जना वृद्धवृद्धाको निःशुल्क शल्यक्रिया गरिएको थियो।

१८ जेठ, काठमाडौं । २१ वर्षीया जानकीको आँखाको ज्योति १९ वर्षपछि फर्किएको छ । बाल्यकालदेखि नै दृष्टि गुमाएकी उनले विहीबार भौतिक संसार देख्न पाइन् । नेपाल नेत्र ज्योति संघले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि देख्न पाएकी उनले भनिन्, ‘मैले नसोचेको कुरा भयो । अब म पनि संसार देख्न सक्न भएँ ।’

उनका आँखाका ज्योति दुई वर्षको उमेरमै गुमेका थिए । उपचारको क्रममा झारफुकदेखि अस्पतालसम्म पुगिन् । तर अरु सामान्य मान्छेले जस्तो देख्न सकिनन् । ‘उपचार गर्न धेरै ठाउँमा गएँ तर मैले उज्यालो देख्न सकिनँ,’ उनले भनिन् ।

उनले एउटा आँखा पुरै देख्दिनथिन् । अर्को आँखाले पनि नजिकको नदेख्ने तर टाढाको धमिलो मात्र देख्ने समस्या थियो । ‘उहाँले छामछुमको भरमा बाल्यकाल बिताउनु भयो, आवाजले मात्रै मान्छे ठम्याउनुहुन्थ्यो,’ जानकीकी भाउजू डिला मल्लले भनिन्, ‘उहाँ लठ्ठीको सहायताले हिँडडुल गर्नुहुन्थ्यो ।’

नेपाल नेत्रज्योति संघको आयोजना तथा माण्डवी गाउँपालिकाको व्यवस्थापनमा देवीस्थानको स्वास्थ्य चौकीमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको थियो । झिनो आशा बोकेर सहयोगीसहित जानकी पनि त्यो शिविरसम्म पुगिन् ।

चिकित्सकहरुले उनको आँखा जाँच गर्दा मोतिविन्दु बिग्रेको पत्तो पाए । आँखाको पर्दा ठिक छ भने मोतिबिन्दुको अप्रेसन गर्दा दृष्टि सफा हुन्छ भन्ने लागेर अप्रेसन गरेको र जानकी देख्न सक्ने भएको राप्ती आँखा अस्पताल लमहीका आँखा रोग विशेषज्ञ प्रदीप बास्तोलाले बताए ।

आँखा उपचारको क्षेत्रमा २५ वर्षदेखि कार्यरत रहेको बताउने बास्तोलाले भने, ‘१९ वर्षपछि जानकीको ज्योति फर्किएकोमा हामीलाई पनि खुसी लागेको छ ।’ बिहीबार जानकीसहित माण्डवी गाउँपालिकाका ५० जनाको वृद्धवृद्धाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?