+
+
Shares

धितोपत्र बोर्डले बजारका अनैतिक क्रियाकलाप नियन्त्रण गर्ने आशामा लगानीकर्ता

लगानीकर्ताका ३ संस्था एकैपट बोर्ड अध्यक्ष भेट्न गएका प्रतिनिधिले पारदर्शिता, सुशासन र लगानीमैत्री वातावरणको विकास गरी बजार प्रतिको विश्वास बढाउन अध्यक्ष समक्ष अनुरोध गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगानीकर्ताले धितोपत्र बोर्डको नयाँ नेतृत्वले बजारको गलत क्रियाकलाप नियन्त्रण गर्न अपेक्षा व्यक्त गरे।
  • उनीहरूले पूँजीबजारलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन पूर्ण सहयोग गर्ने बताए।
  • बोर्डले आईपीओ र सेयर बिक्री प्रक्रियामा पारदर्शिता र नियमन कडाइ गर्ने तयारी गरेको छ।

२० जेठ, काठमाडौं। लगानीकर्ताले धितोपत्र बोर्डको नयाँ नेतृत्वले पछिल्लो समयमा बजार भइरहेका गलत क्रियाकलापप्रति निर्मम भएर नियन्त्रण गर्ने अपेक्षा व्यक्त गरेका छन् । मंगलबार बोर्ड अध्यक्ष सन्तोषनाराण श्रेष्ठलाई भेट गर्दै लगानीकर्ताहरूले यस्तो आशा व्‍यक्त गरकेा हुन् ।

भेटमा लगानीकर्ताले पूँजीबजार अन्तर्राष्ट्रियस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउने कार्यमा लगानीकर्ताका संघ संस्थाबाट पूर्ण सहयोग हुने बताए ।

लगानीकर्ताका ३ संस्था एकैपट बोर्ड अध्यक्ष भेट्न गएका प्रतिनिधिले पारदर्शिता, सुशासन र लगानीमैत्री वातावरणको विकास गरी बजार प्रतिको विश्वास बढाउन अध्यक्ष समक्ष अनुरोध गरे ।

पूँजीबजारको पहुँच देशका हरेक कुनाकाप्चासम्म फैलिनु पर्ने बताउँदै उनीहरूले लगानीकर्ताहरुको हक हितको संरक्षणमा बोर्डले विषे चासो दिन आग्रह गरे । आर्थिक समृद्धिमा पूँजीबजारले अझ प्रभावकारी योगदान पुर्याउन सुझाव दिएका छन् ।

नयाँ अध्यक्ष आएसँगै पूँजी बजारमा सुधार ल्याउने गतिविधि अघि बढेको उनीहरुको भनाइ छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामार्फत पूँजी बजारको दिगो विकास गर्न प्रतिबद्ध रहेको विषयले लगानीकर्ताको विश्वासलाई बलियो बनाउने अपेक्षा उनीहरुको छ ।

हाल आईपीओ (प्राथमिक निष्कासन) प्रस्तावमध्ये अधिकांश कम्पनीहरू लेखा समितिको निर्देशनअनुसार नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको प्रस्ताव पुनरावलोकन गर्ने र आईपीओ प्रक्रियालाई पारदर्शी बनाउने पहल भएको उनीहरुको भनाइ छ।

हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीहरूले आयोजना सम्पन्न नहुँदै सेयर बिक्री गर्ने प्रवृत्तिमा रोक लगाउने गरी नीति निर्माणको तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?