+
+
Shares

‘साइकल लेन’ माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते २१:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साइकल अभियान्ताहरूले विश्व साइकल दिवस २०२५ का अवसरमा सिंहदरबार अगाडि प्रदर्शन गरे।
  • उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै साइकल प्रयोगलाई प्रवर्द्धन गर्न माग गरे।
  • गत शनिबार ८०० जना सहभागीहरूले साइकल र्‍याली निकालेपछि काठमाडौँ महानगरपालिकाले साइकल लेन हटाउने निर्णय गर्यो।

२० जेठ, काठमाडौं। साइकल अभियान्ताहरूले सिंहदरबार अगाडि साइकल प्रदर्शन गरेर विरोध गरेका छन् ।

विश्व साइकल दिवस २०२५ को अवसरमा, ‘स्वच्छ हावाका लागि साइकल’ अभियानका सदस्यरहरूले मंगलबार साइकल प्रदर्शन गर्दै विरोध गरेका हुन् ।

उनीहरूले ‘साइकल देखेनौं सरकार, अब देख्छौ कि ?’ लगायतका ब्यानर राखेर प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

साइकल प्रयोगकर्ताहरूको अधिकार सुनिश्चित गर्न र थप नागरिकहरूलाई अन्य प्रदूषण फैलाउने निजी यातायातका साधनको सट्टा साइकल रोज्न प्रोत्साहन गर्न माग गरेका थिए ।

गत हिउँदमा वायु प्रदूषण चरम सीमामा पुगेर काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर बनेपछि ‘स्वच्छ हावाका लागि साइकल’ अभियानले यस्ता प्रदर्शनहरू आयोजना गर्दै आएको छ।

अभियानले गत शनिबार पनि वसन्तपुर दरबार स्क्वायरबाट साइकल प्रदर्शन गर्दै र्‍याली निकालेको थियो । उक्त साइकल बसन्तपुरबाट जमल , त्रिपुरेश्वर , कुपन्डोल, जाउलाखेल, बखु, चोभार , किर्तिपुर , कालिमाटी, भिमसेन स्थान हुँदै पुन: बसन्तपुरमा पुगेको थियो । जसमा ८०० जना सहभागीहरू साइकलमै आएका थिए । उक्त र्‍यालीलाई उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्बोधन गरेका थिए ।

त्यसपछि काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले माइतीघर र तीनकुने बीचको पहिलो समर्पित साइकल लेन हटाउने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?