+
+
Shares

‘बाफिया’ बाट बैंकर र व्यवसायी छुट्याइए अर्थतन्त्र प्रभावित : अध्यक्ष ढकाल

ढकालले संसद्‍मा विचाराधीन अवस्थामा रहेको ऐन संशोधन जस्ताको तस्तै पारित भए आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनले आर्थिक गतिविधि प्रभावित पार्ने बताए।
  • उनले ऐन संशोधनमा प्रस्तावित विधेयकले व्यवसायी र बैंकरलाई छुट्याउने विषयलाई गम्भीर रूपमा लिनुपर्ने र यसले अर्थतन्त्रमा समस्या ल्याउन सक्ने बताए।
  • ढकालले बजेटको व्यवस्था सकारात्मक भएको र प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरे।

२२ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् ।

काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेसनल बैंकिङ डिस्कोर्स, २०२५ उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्‍मा विचाराधीन अवस्थामा रहेको ऐन संशोधन जस्ताको त्यस्तै पारित भए आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखे ।

बाफियासँग सम्बन्धित ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनको तर्क छ ।

‘व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा, व्यवसाय बन्द हुने जोखिम छन्,’ ढकालले भने ।

उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पूरा गर्न सकिने समेत बताए । यस्तै ढकालले वातावरणलाई असर नपर्ने गरी खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताए ।

मध्यपूर्वको उदाहरण दिँदै अध्यक्ष ढकालले भने, ‘यदि मध्यपूर्वका देशलाई आफूसँग भएको पेट्रोलियम पदार्थ निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देश आजको अवस्थामा रहने थिएनन् । तसर्थ, हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजीकरण गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?