+
+
Shares

अशोक दर्जीले सके ‘मन बिनाको धन’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालगायक अशोक दर्जीको फिल्म ‘मन बिनाको धन’को छायांकन सकिएको छ।
  • फिल्मको निर्देशन टंक बुढाथोकीले गरेका हुन् र प्रदर्शन आगामी तिहारमा हुने चर्चा छ।
  • छायांकन मुस्ताङ, काठमाडौं र पोखरामा २८ दिनसम्म चलेको थियो।

काठमाडौं । बालगायक अशोक दर्जीको शीर्ष भूमिका रहेको फिल्म ‘मन बिनाको धन’को छायांकन सकिएको छ । प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरियो ।

२८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । गायक तथा संगीतकार टंक बुढाथोकीले यो डेब्यु निर्देशकीय फिल्मको निर्देशन गरेका हुन् ।

सेटबाट प्राप्त तस्वीरमा बालगायक तथा कलाकार दर्जी लगायतलाई देख्न सकिन्छ । अर्को एक फोटोमा दर्जीले इन्डकल्याप समातेर छायांकन सकिएको जनाएका छन् ।

शीर्ष भूमिकामा दर्जी छन् । उनीसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङको अभिनय यसमा छ । भक्तपुर, काठमाडौं र तनहुँमा छायांकन हुनेछ ।

बुढाथोकीले कम्पोज गरेको गीत ‘मनबिनाको धन’ हिट भएको थियो । उक्त गीतबाट फिल्मको शीर्षक राखिएको हो ।

बालगायक दर्जीको यो डेब्यु फिल्म हुनेछ । गीतमा पनि उनी फिचर्ड थिए । उक्त गीतमार्फत दर्जीको जीवनमा बदलाव आयो । उनी अहिले काठमाडौंको एक विद्यालयमा कक्षा ८ मा पढ्छन् ।

यो फिल्मको प्रदर्शन आउँदो तिहारमा हुने चर्चा भएपछि निश्चित भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?