+
+
Shares

अध्यागमन विभागमा संसदीय अवलोकन भ्रमण गर्न रास्वपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा ले अध्यागमन विभागको संसदीय अवलोकन भ्रमणको लागि निवेदन दिएको छ।
  • डा. चन्दा कार्की भण्डारीले अवैध मानव तस्करी र भ्रष्टाचारको खबरले गम्भीर चासो व्यक्त गरेकी छन्।
  • उनीहरूले समितिका सभापति रामहरि खतिवडालाई निवेदन पठाएर भ्रमणको माग गरेकी हुन्।

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यागमन विभागमा संसदीय अध्ययन अवलोकन भ्रमण माग गरेको छ ।

यसका निम्ति रास्वपाकी सांसद डा.चन्दा कार्की भण्डारीले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन नै दिएकी छन् ।

‘भिजिट भिसाको नाममा अध्यागमन प्रक्रियामार्फत सेटिङ मिलाएर अवैध मानव तस्करीका प्रयासहरू र भ्रष्टाचार सम्बन्धी खबरहरूले देशभर गम्भीर सार्वजनिक चासो उत्पन्न गराएको छ । यस्ता कियाकलापकहरू सुशासन, पारदर्शिता र विधिको शासन जस्ता मुल्य मान्यतासँग प्रत्यक्ष टक्कर खाँदैछन्,’ डा. कार्कीको निवेदनमा उल्लेख छ ।

डा. कार्की आफैँ प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य हुन् ।

समितिका सभापति रामहरि खतिवडालाई निवेदन लेखेर उनले अध्यागमन विभागमा संसदीय अवलोकन भ्रमण माग गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?