
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका रचना रिमालको स्वास्थ्य समस्या देखिएपछि ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
- उनको पेटमा संक्रमण र सानो आन्द्रामा समस्या देखिएको चिकित्सकहरूले बताए।
- रिमाललाई नेपालगञ्जबाट काठमाडौं ल्याइएर उपचार गराइरहेको छ।
काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि उनको अहिले ह्याम्स अस्पतालमा उपचार भैरहेको छ ।
अस्पतालको क्याबिनमा राखेर रचनाको उपचार भैरहेको उनलाई भेट्न पुगेका गायक तथा संगीतकार श्रीधर अधिकारीले जानकारी दिए । संक्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको उनले बताए ।
चिकित्सले मंगलबार रातीदेखि औषधि चलाएका छन् । ‘पानी पनि नखुवाएजसरी औषधि चलाइएको छ । मुख भरेर पानी खान दिइएको छैन । बिर्कोबाट पानी खुवाउनुपरेको छ’ अधिकारीले भने ।
औषधि चलाइन्जेल डाक्टरले अहिल्यै खान र जुस पनि नखान सल्लाह दिएको उनले जनाए । ‘अझै केही दिन अस्पतालमै उपचार गर्नुपर्ने देखिएको छ । खान खान सक्ने भएपछि मात्र डिस्चार्ज गर्ला’ उनले भने ।
सुरुमा एपेन्डिसाइटिस भएको अनुमानमा नेपालगञ्जबाट काठमाडौं ल्याइएपनि ह्याम्समा परीक्षण गर्दा सानो आन्द्राको संक्रमण देखिएको श्रीधरले जनाए ।
रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो । नेपाली सेनाको हेलिकोप्टरले उनको उद्वार गरेको थियो ।
प्रतिक्रिया 4