+
+
Shares

को हुन् आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने व्यक्ति ?

मोसो प्रहार गर्ने तीनै जना नेकपा बहुमत पार्टीका नेता/कार्यकर्ता रहेको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १७:५४

२९ जेठ, काठमाडौं । उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गर्ने तीन जनाको पहिचान खुलेको छ ।

नेकपा बहुमतका तीन जना कार्यालयले बिहीबार दिउँसो न्यायाधीश थारुको कार्यकक्षमै पुगेर मोसो प्रहार गरेका थिए ।

यसरी मोसो प्रहार गर्ने तीनै जना सो पार्टीका नेता कार्यकर्ता रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, मोसो प्रहार गर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन् ।

कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् । त्यस्तै, मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य रहेका छन् ।

मोसो प्रहार गरेलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

जनविरोधी फैसला गरेको भन्दै थारुलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?