
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरे।
- प्रहरीले घटनामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ।
- उनीहरूले केही दिनअघि ज्यान मुद्दामा पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको इजलासको निर्णयको विरोध गरेका थिए।
२९ जेठ, काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो छ्यापिएको छन् ।
उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो छ्यापेका हुन् । मोसो छ्यापेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
थारूसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4