+
+
Shares

सलामी मारिएपछि वाहिदी बने इरानको नयाँ आईआरजीसी प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १३:५३
Photo Credit : IRIran_Military/X

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले इजरायली आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ।
  • नयाँ कमान्डर इन चिफ जनरल वाहिदीले जवाफ दिन आदेश दिएका छन्।
  • आक्रमणमा इरानका उच्च अधिकारी र वैज्ञानिकहरू मारिएका छन्।

काठमाडौं । इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन सलामीको मृत्यपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त गरिएको छ ।

नयाँ कमान्डर इन चिफ नियुक्त भएसँगै जनरल वाहिदीले इजरायली आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् । यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा सलामीसहित खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन् ।

यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?