+
+
Shares

भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस् : राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १५:४६

१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । भित्र भनेको हो । यसकारण ३ दिनभित्रै गरियोस्’ उनले भने ।

सरकार भिजिट भिसामा छानबिन गर्न तयार भएपछि सदन खोल्न सहमत भएको पनि उनको प्रष्टीकरण छ ।

‘प्रतिपक्षी दलहरूमध्ये एउटा दल नाराबाजीमा छ’ उनले स्मरण गरे ।

उनी अगाडि भन्छन्, ‘भिजिट भिसा प्रकरणको माध्यमबाट मानव तस्करी भयो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन मुछियो भनेर हामी पनि ३० गतेसम्म संसद्मा अवराधकै अवस्था बन्यो । छानबिनका लागि सरकार तयार भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।’

सहमति अनुसार सरकारले छानबिन छिट्टै सुरु गर्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?