२६ मंसिर, काठमाडौं । भिजिट भिसा प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
शुक्रबार विशेषले उनलाई २५ लाख धरौटी बराबरको बैंक जमानत लिएर तारेखमा राख्न आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले धरौटीको आदेश जारी गरेको हो ।
तर, सोही इजलासका अर्का सदस्य डिल्लीराज श्रेष्ठले भने फरक राय राखेका छन् ।
उनले भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेश जारी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4