+
+
Shares

अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १६:४९

१५ साउन, काठमाडौं । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।

आयोगले अनशनस्थल र वीर अस्पताल पुगेर अनुगमन पनि गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनशनरत मेयर डा. भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग उनको स्वास्थ्यबारे जानकारी आयोगले लिएको छ ।

‘अत: निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

अनुगमनका क्रममा प्रहरीले नियन्त्रणमा लिई माइतीघर मण्डलामा ल्याएको, स्थानीय प्रशासनले अनशनका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा जान भनिए पनि निज भट्टराईले अस्वीकार गरी माइतीघरमै अनसनमा बसेको, अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि  साउन १४ गते राती वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?