
News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरू सुरक्षित राख्न आवश्यक रहेको बताए।
- उनले अधिकार र जिम्मेवारीको सन्तुलनमा ध्यान दिन आग्रह गरे।
- सिंहले अधिकार गुम्ने खतरा र अधिकारको महत्त्वबारे स्पष्ट रूपमा बताए।
१ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरू पनि गुम्नसक्ने खतरा कायम रहेको बताएका छन् ।
लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको उनले बताए ।
प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको उनको भनाइ थियो ।
‘हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धिहरू पनि गुम्ने हुन् की,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसमा कसैले केही भन्नसक्छ र ? प्राप्त अधिकारको महत्त्वलाई बुझ्नुपर्छ । अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीबोध गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4