 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य जेठ २७ गतेदेखि स्थिर रहेको छ र वैशाख ९ मा हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय पुगेको थियो।
- चाँदीको मूल्य तीन दिनदेखि स्थिर रहदै प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।
२ असार, काठमाडौं । लगातार ५ कारोबार दिन बढेको सुनको भाउ सोमबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । जेठ २७ गते प्रतितोला १ लाख ९० हजार रहेको सुन त्यसयता ७ हजार ५ सय बढिसकेको छ ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । सो मूल्य रेकर्डभन्दा हाल ताेलामा ४ सय रुपैयाँ कम छ ।
चाँदी उच्च मूल्यमा पुगेर स्थिर रहेको छ । सोमबार तोलामा २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । तीन दिनदेखि चाँदी यहीं मूल्यमा स्थिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4